Mr. Deepak Gurung, Dube Kol 1, Khotang, Nepal Thanks U
  About Khotang
 

खोटांग जिल्लाका ७६ वटा गाउ बिकास समिति सहितको नक्सायहा तल दिईएको छ ।

खोटांग जिल्लाका ७६ वटा गाउ बिकास समिति सहितको नक्सायहा तल दिईएको छ ।

Khotang map with 76 VDC

भौगोलिक परिचय
'नेपाल एक बहुजातीय, बहुभाषिक, प्रजातान्त्रिक, स्वतन्त्र, अभिभाज्य, र्सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष राज्य हो ।'६ नेपाल एसिया महादेशअन्तर्गत द, एसियामा पर्दछ । नेपाल एसियाका दुई ठूला राष्ट्र चीन र भारतको बीचमा दुई ढुङ्गाको बीचको तरुलझैं अवस्थित छ । विश्व मानचित्रमा नेपाल सानो मुलुक भए तापनि र्सार्क राष्ट्रहरू भूटान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश आदिका तुलनामा क्षेत्रफलका हिसाबले नेपाल ठूलो राष्ट्र हो ।
'नेपालको पूर्वी भेगको 'माझकिरात', 'खुम्बुवान' वा 'वल्लोकिरात' को नामले पनि यो जिल्ला परिचित छ ।'७ वल्लोकिरात, पल्लोकिरात, माझकिरातमध्ये खोटाङ जिल्ला माझकिरात हो । 'वल्लो किरात भन्नाले सुनुवार, मगरसमेत समावेश भएको सोलु, ओखलढुङ्गा खम्बुवान पर्दछ भने किरात राई, लिम्बूको विशाल क्षेत्र भएको लिम्बुवान पर्दछ । माझकिरातमा चाहिँ किरात राई मात्रै बसोबास गरेको देखिन्छ । समष्टि रूपमा हेर्दा खोटाङ जिल्ला किरात राईको एउटा ठूलो बस्तीजस्तै लाग्दछ ।'८
प्रशासनिक हिसाबले नेपाललाई पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको छ । नेपालका पाँच विकास क्षेत्रमध्ये पूर्बाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलअर्न्तर्गत खोटाङ जिल्ला अवस्थित छ । यस जिल्लाको आकार उत्तर-दक्षिण फैलिएको, पश्चिमपट्ट केही सानो भाग चुस्स गएको पूर्वपट्टि बीचको भाग केही साँघुरिएको छ । खोटाङको पूर्वमा भोजपुर, पश्चिममा ओखलढुङ्गा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला पर्दछन् । 'यस जिल्लाको कुल क्षेत्रफल १,५९१ वर्ग किलोमिटर वा १,५१,३७७ हेक्टर जमिन छ ।' 'यो जिल्ला विश्वको मानचित्रमा २६ दशमलव ५० उत्तरी अक्षांशदेखि २७०२८' उत्तरी अक्षांश तथा ८६०२६' पूर्वी देशान्तरदेखि ८६०५९' पूर्वी देशान्तरसम्म फैलिएको छ । यसका उचाइ समुद्र सतहबाट १५२ मिटर -सुनकोसीबेंसीदेखि ३,६२० मिटर टयाम्केडाँडा सम्म छ ।'१०
खोटाङ जिल्लाको भू-बनोट एकनासको पाइँदैन । खोंच, बेंसी, टार, पहाड, लेक र उच्च पहाडी शृङ्खलाहरू यस जिल्लाको भौगोलिक स्वरूप मानिन्छ । भौगोलिक विविधताका साथै प्राकृतिक विविधता पाइनु यस जिल्लाको वैशिष्टय हो । दूधकोसी, सुनकोसी, रावा, सावा, तावा, साप्सु, बुँवा, टुवा, छेपे, मेवा, दिख्वा, तापखोलाजस्ता खोला एवम् नदीहरूले बनाएका स-साना खोंच एवम् बेंसीहरू, यसका साथै रूपाकोट, मेरुङ, मैयूँ, स्याल्मे, टेयाम्के, चिलिमढुङ्गाजस्ता उच्च पहाडी शृङ्खला नै यस जिल्लको भौगोलिक विविधता मानिन्छ । जिल्लामा उकाली, ओह्राली, नागीहरू प्रशस्त पाइन्छन् । त्यसैले जिल्लाको सम्पूर्ण भू-भाग भिरालो छ ।
प्राकृतिक परिचय
प्राकृतिक सम्पदाका दृष्टिले नेपाल विश्वमै धनी देशका रूपमा चिनिन्छ । यस हिसाबले नेपाललाई चिनाउने काममा खोटाङ जिल्लाको पनि त्यत्तिकै ठूलो भूमिका छ । यो जिल्ला जल, वन साथै खनिज सम्पदाका सम्भावनाका दृष्टिले पनि धनी मानिन्छ ।
जलसम्पदा
खोटाङ जिल्ला जलसम्पदाका दृष्टिले अपार छ । खोटाङसँग जोडिएका ओखलढुङ्गा र उदयपुर जिल्लाका सिमानाहरू नदीको आधारमा विभाजन गरिएका छन् । यहाँका सुनकोसी, दूधकोसी, रावा, सावा, साप्सु, तावा, ताप, तुवा आदि खोलाहरू बडो वेगका साथ बगेकाले जलसम्पदाबाट बिजुली उत्पादन गर्न सकिने ठूलो सम्भावना छ । यस जिल्लाको पश्चिम-दक्षिण सीमा हुँदै सुनकोसी बगेको छ भने उत्तर-पश्चिम हुँदै दूधकोसी । रावाखोला खोटाङको उत्तरी भेगमा बहने मुख्य खोला हो । रावाखोलामै तापखोला पनि मिसिएको छ । यसको दुवै किनारामा ठूलो फाँट छ । फाँटिलो भएको कारणले यो खोलाको दुवैतिरका किनारका खेतमा प्रशस्त धान फल्ने गर्दछ । यो खोला माछाका लागि पनि त्यत्तिकै प्रसिद्ध छ ।
सावाखोला जिल्लाको दक्षिण भेगमा बहने अर्को मुख्य खोला हो । यो खोला सुनकोसीमा पुगेर मिसिएको छ । यस खोलाले त्यस भेगमा धेरै कृषियोग्य जमिन सिन्चित गरेको छ । यो खोला धानखेतीको नामले प्रसिद्ध छ ।
साप्सुखोला साप्सुढापालाई मुहान बनाई बगेको छ । यो खोला जिल्लाको मध्यभाग हुँदै पूर्वबाट पश्चिमतर्फ बगेको र सुनकोसीमा पुगेर टुङ्गिएको छ । यो खोलाको लामदुवाली र रेग्मीटारभन्दा अरू बढी बेंसी बनाएको छैन । जोहोस् यो जिल्ला जससम्पदाका दृष्टिले धनी भएकाले पानीको उचित प्रयोग हुनसके देशको अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने देखिन्छ ।
वनसम्पदा
वनसम्पदाका दृष्टिले खोटाङ महत्वपूर्ण छ । जिल्लाको हावापानी ठन्डा, शीतोष्ण र समशीतोष्ण भएकाले तीनै प्रकारको हावापानीमा पाइने वनस्पति, जनवार पक्षीहरू पाइन्छन् । यस जिल्लामा रूपाकोट गिद्धे, खिसापत्रे, टयाम्के, मलाथुम्का, तारेभीर आदि घनाजङ्गलका साथै दूधकोसी, सुनकोसी किनारका स-साना बुटयानयुक्त झाडी र वन-जङ्गलहरू पाइन्छन् । यस जिल्लाको उच्च पहाडी भू-भागमा गोब्रेसल्ला, लालीगुँरास, कटुस, धूपी, चिलाउने, उत्तिस, नसी, चाँप, चिमल, ओखर आदि जातका वनस्पतिहरू पाइन्छन् तापनि ठूलो मात्रामा कटु, उत्तिस, चिमलघारी नै यस जिल्लाका लेकाली वनजङ्गलका पहिचान हुन् । त्यस्तै बेंसीतिरका वनजङ्गलहरूमा साल, खयर, चिलाउने, लामपाते, खोटेसल्ला आदि पाइन्छन् ।
वन्यजस्तु
जिल्लाको लेकाली जङ्गलहरूमा बाघ, भालु, चितुवा, घोरल, बँदेल, मृग, दुम्सी, बाँदर, स्याल आदिका साथै डाँफे, मुनाल, तित्रा, कालिज, कोइली, न्याउली आदि थुप्रै जातका पशुपक्षीहरू पाइन्छन् भने बेंसीका वनजङ्गलहरूमा बाघ, चितुवा, स्याल, फयाउरो, मृग, खरायो, लोखर्के, दुम्सीका साथै कालिज, मयुर, लुइचे, कोइली, सुगा, काग, उल्लु, हुचिल, जुरेली, रुपी आदि जातका पशुपक्षीहरू पाइन्छन् । उपरोक्त प्राकृतिक सम्पदालाई देखेर कविभावना भएका प्रतिभाहरू कविता रचना नगरी त्यसै बस्न सक्दैनन् ।
खनिज
खनिज पदार्थअर्न्तर्गत जिल्लामा सुन, तामा, फलाम, अभ्रख आदि पाइने सम्भावना छ । यीमध्ये हालसम्म 'रूपाकोट र याङ्सोलामा तामाखानी, खमारे पुच्छारमा अभ्रख, खानीडाँडा, बाक्सिला र ढाडखानीमा फलाम, महाभीरमा सुनखानी हुनसक्ने र यीमध्ये कुनै ठाउँ पहिलेदेखि नै रहेको चर्चा छ । हलेसी क्षेत्रमा सिमेन्ट उत्पादन गर्न सकिने ढुङ्गा पनि पाइएको बताइन्छ ।११
जेहोस् यस जिल्ला प्राकृतिक सम्पदाका दृष्टिले ज्यादै सु-सम्पन्न छ । जिल्लाका रमणीय एवम् प्राकृतिक स्थलहरूमा रूपाकोट, टयाम्के, नुनथला, साप्सुढाप, हलेसी, बराहापोखरी आदि पर्दछन् । खोटाङ सबभन्दा अग्लो पहाड टयाम्केको चुचुरोबाट खुला मौसमको समयमा उदयपुर गाईघाटको त्रियुगादेखि लिएर उत्तरी भेगका शृङ्खलित हिमशिखरहरू देख्न सकिन्छ । त्यस्तै रूपाकोटबाट उत्तरी हिमशृङ्खलाहरूका साथै पश्चिमपट्टि पङतिबद्ध पहाडका चुचुराहरू मान्छेका ताँतीझैं देखिन्छन् । नुनथलाबाट उत्तरी हिमशृङ्खलाका साथै रावाखोलाका सुन्दर कलकल बग्ने स्वच्छ पानी र खोलाका सुन्दर फाँट ज्यादै रमणीय देखिन्छ । यस्तै बराहपोखरी, धिप्लुङ झरना, ढाँडे छाँगा, हलेसी आदि अरू यस जिल्लाका आकर्षा हुन् ।
यी विभिन्न दृष्टिकोणबाट हेर्दा खोटाङको अपार प्राकृतिक सम्पदाको समुचित प्रयोग गर्न सके पर्याप्त आर्यआर्जन गर्न सकिन्छ ।
मन्दिर एवम् धार्मिकस्थलहरू
खोटाङ जिल्ला मन्दिर एवम् धार्मिकस्थलहरूका दृष्टिले आफ्नो छुट्टै महत्व राख्दछ । हलेसी, बराहापोखरी, कालिकादेवी, भगवती, खाल्लेको महादेव गुफा, दूधकोसी किनारको रँभुवा, तापखोलाको त्रिवेणीबजार, सप्तेश्वर गाविसको हलेसी गुफा, नेर्पाको भुलुभुले, निर्मलीडाँडाको साप्सुढाप आदि थुप्रै स्थल धार्मिक दृष्टिले महत्वपूर्ण छन् । यीमध्ये 'पूर्वको पशुपतिनाथ' नामले परिचित जिल्लाको पश्चिमी क्षेत्रस्थित हलेसी महादेवस्थान गाविस-४ मा पर्ने हलेसी महादेव सम्पूर्ण हिन्दूहरूको पवित्र तीर्थस्थल मानिन्छ ।२२ 'जिल्ला सदरमुकाम दिक्तेलदेखि १० कोशको दूरीमा' १३ पर्ने हलेसीमा आर्श्चर्यजनक विशेषतायुक्त दुईवटा गुफा छन् । एउटा महादेव र अर्को बसाहा गुफा हो । 'हलेसी महादेवस्थान वि.सं. १८४३ सालमै प्रीति गुठी बिर्ताका रूपमा कायम भई आएको र राजा गीर्वाणयुद्ध पालामा वि.सं. १८६१ मा सदर भएको लालमोहरको ताम्रपत्रबाट यसको पुरातात्विक महत्व प्रस्ट हुन्छ । यहाँ प्रत्येक दिन महन्तद्वारा पूजा हुनुका साथै रामनवमी र शिवरात्रीमा मेला लाग्छ । १४ यसका साथै बालाचतुरदशीमा भक्तजनहरूले सद्बीउ र्छने, लाखबत्ती बाल्ने, रुद्री लगाउने, वर माग्ने उद्देश्य लिएर महादेवको पूजा गर्छन् । बराहापोखरी गाविसमा एक रमणीय ताल छ । यस ताललाई बराहापोखरी भन्ने गरिन्छ । यहाँ बालाचतुरदशी र एकादसीको दिन मेला लाग्ने गर्दछ । यसका साथै सदरमुकाम दिक्तेलनजिकै मझुवा कालिकादेवीको मन्दिर छ । यस मन्दिरमा पाठी बलि दिएर पूजा गर्ने चलन छ । यो मन्दिरको नजिकै महादेवको गुफा छ । यहाँ बालाचतुरदशी र तीजमा मेला लाग्ने गर्दछ । खोटाङका अन्य तीर्थस्थलहरूमा निर्मलीडाँडाको 'साप्सुढाप' महत्वपूर्ण छ । यो निर्मलीडाँडा गाविसको शिरमा पर्दछ । यो साप्सुखोलाको मुहान हो । यहाँबाट पानीको ठूलो मूल बगेको छ । यहाँ ढुङ्गाका मूर्तिहरू छन् । जनैपूणिर्मा/ऋषितर्पणीमा यहाँ ठूलो मेला लाग्छ । यसलाई राईहरूको धार्मिकस्थल पनि भनिन्छ । जनैपूणिर्मामा गई स्नान गर्दा रोग काटिन्छ भन्ने किम्वदन्ती पनि पाइन्छ । त्यसैले यहाँ पञ्चबलि दिएर भाकल पूरा गर्ने प्रचलन छ । त्यस्तै सप्तेश्वरको हलेसी गुफा, खाल्लेको महादेव गुफालगायतका विभिन्न धार्मिकस्थलहरूमा रहेक वर्षवर्षो एक-दुईपटक मेला लाग्ने गर्दछ । यस जिल्लाका गुम्बाहरूमा 'महादेवस्थान-४ मा भारतीय गुम्बा -२०३७) बाकाचोल-८ मा पेमा छयोलिङ गुम्बा -१९९५), फेदी-३ मा देछेन छयोलिङ गुम्बा -२०३९), फेदी-८ मा पर्ने डगैन छयोलिन गुम्बा-२०४२), ऐंसेलूखर्क-६ मा आहालडाँडा गुम्बा -२०४०), बाकाचोल-९ मा थाइलिङ गुम्बा -२०४१), जलेश्वरी-८ मा भर्‍याङछुप छयोलिङ गुम्बा -२०४३), बाकाचोल-९ मा उर्गेन छयोलिङ गुम्बा -२०४०), बाक्सिला-६ मा फुन्छोकलिक गुम्बा -२०५५),१५ नेर्पा-५ भुल्केमा गणेश र बूढानीलकण्ठ मन्दिर, दिक्तेलबजारको कर्ममन्दिर, दिक्तेल बहुमुखी क्याम्पसको परिसरमा निर्मित सरस्वतीको मन्दिरजस्ता आदि थुप्रै धार्मिकस्थल, गुम्बा र मन्दिरहरू खोटाङमा छन् । त्यसैले खोटाङ जिल्लाको आफ्नो छुट्टै पहिचान छ ।
सामाजिक सांस्कृतिक परिचय
विविध धर्म, सम्प्रदाय र जातजातिको एकत्व नै समाज हो । यी विविध धर्म, जातजाति, सम्प्रदाय, संस्कार, संस्कृति, रहन-सहन, भेषभूषा, रीतिरिवाज, चालचलन इत्यादिबाट नै कुनै पनि समाजको निर्माण भएको हुन्छ । यसले नै समाजमा सांस्कृतिक विधिता सिर्जना गरेको हुन्छ ।
नेपालका अरू जिल्लाहरूमा झैं यस जिल्लामा पनि विभिन्न जात, धर्म र सम्प्रदायका मानिसहरू बसोबास गर्दै आएका छन् । जिल्लाको 'कुल जनसङ्ख्या २,३२,२२० मध्ये महिलाको सङ्ख्या १,१८,८९७ र पुरषको सङ्ख्या १,१३,३२३ छ । ४३,०२४ घर सङ्ख्या भएको१६ यस जिल्लामा 'मातृभाषा राई बोल्नेको सङ्ख्या ३९ दशमलव ८६ प्रतिशत, नेपाली ४५ प्रतिशत ६१ प्रतिशत, मगर ४ दशमलव ११ प्रतिशत, नेवारी ४ दशमलव सुन्ना ७ प्रतिशत, तामाङ ३ दशमलव सुन्ना ४ प्रतिशत, गुरुङ १ दशमलव ५५ प्रतिशत, सेर्पा सुन्ना दशमलव ८२ प्रतिशत, लिम्बू सुन्ना दशमलव सुन्ना ११ प्रतिशत र अन्य सुन्ना दशमलव १३ प्रतिशत छ ।'१७ जिल्लामा बसोबास गर्ने मुख्य जाति राई हो । यसका साथै बाहुन, क्षेत्री, नेवार, मगर, तामाङ, सेर्पा, गुरुङ, भुजेल, लिम्बू, कामी, दमाई, सार्की आदि जातजातिका मानिसहरू पनि बसोबास गर्दछन् । 'जिल्लाको कुल जनसङ्ख्यामध्ये राई ४० दशमलव ६८ प्रतिशत, क्षेत्री-बाहुन ३२ दशमलव ७४ प्रतिशत, नेवार ४ दशमलव ५३ प्रतिशत, मगर ४ दशमलव १ प्रतिशत, कामी ४ दशमलव सुन्ना ६ प्रतिशत, तामाङ ३ दशमलव ७५ प्रतिशत, दमाई २ दशमलव ४० प्रतिशत, सार्की ३ दशमलव १९ प्रतिशत, गुरुङ १ दशमलव ६७ प्रतिशत, भुजेल १ दशमलव २४ प्रतिशत, सेर्पा ० दशमलव ८२ प्रतिशत, लिम्बू सुन्ना दशमलव ०३ प्रतिशत र अन्य १ दशमलव ७० प्रतिशत गरी बसोबास गरेको पाइन्छ । यहाँ हिन्दू ९२ दशमलव ७४ प्रतिशत, बौद्ध ४ दशमलव ३५ प्रतिशत, इसाई ० दशमलव ८० प्रतिशत, अन्य २ दशमलव ११ प्रतिशत गरी विभिन्न धर्म मान्ने मान्छेहरू छन् ।१८
जिल्लामा विभिन्न पाछा -थर)का र्राई जातिहरू बसोबास गर्छन् । यिनीहरू नेपालका आदिवासी हुन् । यिनीहरू मङ्गोल वर्गमा पर्दछन् । राई जातिको आफ्नै रीतिरिवाज, चालचलन एवम् संस्कार-संस्कृति छ । प्रत्येक राई जातिको चालचलनमा केही भिन्नता पाइए पनि यिनीहरू 'किरात' धर्मलाई नै आफ्नो मुख्य धर्म मान्दै साकेला' वा 'फागु'लाई मुख्य चाड मान्ने गर्छन् । यस जिल्लाभित्र बाहुन-क्षेत्रीको पनि बसोबास छ । यिनीहरू आर्य सभ्यता र संस्कृतिलाई नै आफ्नो मूल आदर्श ठान्छन् । यसका अतिरिक्त जिल्लाका तामाङ, सेर्पा, मगर, नेवार, लिम्बूले आ-आफ्नै संस्कार र संकृतिअनुसार काम गर्ने गर्दछन् भने गुरुङ, कामी, दमाई, सार्की, भुजेलले आर्य संस्कार र संस्कृतिको अनुकरण गरेको पाइन्छ । गुरुङले आफ्ना संस्कार र संस्कृतिलाई चटक्कै छाडेको छ ।
जिल्लामा गुरुङ, तामाङ जातिहरूमा फुपूचेला मामा चेलाबीच वैवाहिक सम्बन्ध कायम हुने परम्परा र नेवारी समाजमा बेलविवाह गर्ने प्रथा प्रचलित छ । सानो सङ्ख्यामा रहेको सेर्पा जातिको लवाइ-खुवाइ, बोलीबचन, रहन-सहन अरू जातिको भिन्नाभिन्न छ ।
खोटाङ जिल्लाको सामाजिक, सांस्कृतिक परम्परामा आफ्नो छुट्टै मौलिकता छ । यहाँका किरातीहरू साकेला नाच्छन् भने नेवारीहरू लाखे नाच्छन् । यसका साथै रत्यौली, धाननाच, सङ्गिनी, मारुनी, भोटे सेलोजस्ता नाचहरूका साथै विभिन्न अवस्थामा असारेगीत, भैलिनी, साकेला गीत आदि गीतहरू गाइन्छ । वाद्य सामग्रीहरूमा विवाहको बेला पन्चैबाचा, साकेला चाडको बेला ढोल झयाम्टा र अरूबेला मादल, बाँसुरी, मुरली, बिनायो, मुर्र्चुङ्गा, डम्फु आदि बजाइन्छन् । जिल्लाका मुख्य चाँडपर्बहरूमा साकेला, दसैं, तिहार, माघेसक्रान्ति, साउनेसक्रान्ति, चैते दसैं एकादसी, बालाचतूरदशी, ऋषिपञ्चमी, श्रीकृष्णजन्माष्टमी, तीज, फागुपूणिर्मा, शिवरात्री, रक्षाबन्धन आदि पर्दछन् । यस जिल्लामा लाग्ने मेलाहरूमा बालाचतूरदशी, रामनवमी, शिवरात्रीमा हलेसी महादेवस्थानमा लाग्ने मेला, बालाचर्तुदशीमा बराहापोखरी, कालिकादेवी भगवती मझुवामा लाग्ने मेला, टयाम्के, माघेसक्रान्तिमा दूधकोसी किनारमा लाग्ने रँभुवामेला आदि मेलाहरू प्रसिद्ध छन् ।
यी विभिन्न जानकारीका आधारमा खोटाङ जिल्लाले समाजका विविध संस्कार, संस्कृति, चाँडपर्व, भाषा, धर्म, जातजाति, रहन-सहन, भेषभुषा, रीतिरिवाज, चालचलनलाई युगौंदेखि हुर्काउँदै आएको छ । त्यसैले यस जिल्लाको सामाजिक, सांस्कृतिक मान्यता अरूको भन्दा पृथक छ ।
ऐतिहासिक परिचय
इशाको सोह्रऔं शताब्दीतिर नेपाल विभिन्न क्षेत्र तथा थुमहरूमा विभाजित थियो । त्यसबेला पाल्पाका सेनवंशी राजाहरूको चकचकी थियो । सेनवंशी राजा मुकन्द सेना -प्रथम)ले आफ्नो आसपासका राज्यहरूलाई कब्जामा पार्दै नेपालको पूर्वी तराईका भू-भागमा आधिपत्य कायम गरे । आफ्नो जीवनकालमै आफ्नो कान्छा छोरा लोहाङ सेनले पूर्ब तराईका भागहरू जितेका थिए । पछि छोराहरूलाई राज्य भागबन्डा गर्दा लोहाङ सेनलाई आफूले जितेको तराईको भू-भाग पर्न गयो । उनी त्यही शासन चलाएर बस्न थाले ।
'कालान्तरमा हरिहर सेनका छोराहरूको पालामा राज्य विभाजनसम्बन्धी भाइभाइको झगडा भई यो क्षेत्र विजयपुर तथा मकवानपुर राज्य छुट्टिएर क्रमशः महिपति सेन र मानिक सेनमा बाँडियो । पछि गई मकवानपुर राज्यअर्न्तर्गत कोसी नदीदेखि पश्चिमपट्टिको तलहट्टी र भावरमा परेको पर्सासम्मको भागलाई टुक्राई माझकिरातको छुट्टै राज्यर् इ.स. १७३५ मा खडा भयो । यसका राजधानी नौदण्डी मन्हो बनाइयो । सेनवंशी जगत सेन यसका राजा भए । चौदण्डीको बस्ती तौतर -राई) प्रगन्नाभित्र पर्दैनथ्यो । तौतर प्रगन्नाभित्र अम्बरपुर भन्ने प्रसिद्ध बस्ती थियो र हिउँदमा चौदण्डीका राजाहरू त्यही गएर बस्दथे । वर्तमान सिरहा तथा सप्तरी जिल्ला पनि यसै अम्बरपुरभित्र पर्दथे ।१९
'जगत सेनपछि यिनका उत्तराधिकारीहरू मुकुन्द सेन -दोस्रो), विक्रम सेन र कर्ण सेन क्रमैसँग राजा भए । सेनहरूको राज्य दिवानमा भई राईहरूले नै प्रशासन चलाउँथे । बेलाबेला यिनीहरूमा आपसी कलह भई कहिले दिवाललाई र कहिले दिवानले राजालाई दबाउने भइरहन्थ्यो । यसताका विजयपुर राज्यमा यस्तो स्थिति भए तापनि चौदण्डीका सेन राजा र किराती मन्त्रीहरूका बीचमा सुरुदेखि नै राम्रो सम्बन्ध रहेको पाइन्छ । राजाहरू उदयपुर डाँडामा रहेको भगरात -भावर) मा र अम्बरपुरको तराई क्षेत्रमा रहन्थे र मन्त्रीहरू माझकिरातका बस्तीहरूमा प्रशासन चलाउँथे ।२०
यसबेला माझकिरातमा गुरुङ, मगर, खस र ब्राह्मणहरू गोरखा, मकवानपुर र तनहुँबाट बसाइँ आउँदै थिए । 'यिनीहरू सेन राज्यलाई मान्दथे तर किरात मन्त्रीहरूको दबदबा स्वीकार गर्न हिच्किचाउँथे । मनमुटावको कारण कर्ण सेनका प्रमुख कर्मचारी स्वरूपसिंह कार्की र खार्पाका धनाढय ब्राह्मण हरिनन्दन उपाध्याय -पोख्य्रालर्)र् इ.सं. १७६९ मा नुवाकोटमा गई पृथ्वीनारायण शाहसमक्ष आश्रय लिन पुगे । .....यथासम्भव धनको समेत सहायता गर्दछु भन्दा पृथ्वीनारायण शाह खुसी भई अहिले हाम्रो राज्यमा आएको मामखामा बस, पछि याद गरौंला भनी पठाए तर यसैबीच पृथ्वीनारायण शाहले यस भेगको परिस्थिति बुझ्न गुप्त रीतले बाङ्ग्या बस्नेत आदिलाई पठाए ।'२१ पूर्वका सबै कुरा बुझेपछि अभिमानसिंह बस्नेतलाई चौदण्डीको अधिकार गर्न पठाइयो साथै किरात सर गर्नु पनि अति जरुरी थियो । त्यसैले पृथ्वीनारायण शाहको खरदार रामकृष्ण कुँवर र अमरसिंह थापा त्यता लागे । हरिनन्दन उपाध्यायले तयार गरेको डुङ्गाद्वारा यिनीहरू -गोर्खाली सेनाहरू) २५ अगस्ट १७७२ मा कोसी तरे । रामकृष्ण कुँवर माझकिरात प्रवेश गर्दा चौदण्डीदेखि टाढा रहनका साथै कर्ण सेनले तराईका भू-भाग जोगाउने कोसिस गरिरहेका कारण माझकिरातका शक्ति कमजोर थियो । खम्बु किरातहरूले गोर्खाली सेनासँग ठूलो लडाइँ लडे तापनि बन्दुकको अगाडि बाणको केही चलेन । त्यसपछि रावाघाट, चिसङ्खु, मझुवा, कुलुङ र दिङ्लाक थुमहरू पनि गोर्खालीहरूले आफ्नो अधिनमा ल्याए । 'यसरी सुनकोसीदेखि उत्तर परेका माझकिरातका भागहरूमा गोर्खालीहरूको जनवरी १७७३ मा अधिकार भयो । पछि फेबु्रअरी १७७३ मा सुनकोसीदेखि दक्षिणपट्टिका भू-भागहरूमा गोर्खालीहरूले दखल गरी सम्पूर्ण माझकिरात नेपाल अधिराज्यको एकीकरणमा सम्मिलित भयो ।'२२
वि.सं. १९३७ सालपूर्व धनकुटा गौंडामार्फ जिल्लाको प्रशासनिक काम गरिन्थ्यो । धनकुटाबाट घुम्ती विचारी -खोली विचारी) बेलाबेलामा गाउँ-गाउँमा आई निसाफ गरिदिन्थे । त्यसबेला अमाली तथा द्वारेले पनि निसाफ गरिदिन्थ्यो । वि.सं. १९३७ सालमा भोजपुर र ओखलढुङ्गामा अदालत, माल, जङ्गी परेठको स्थापना भयो । वि.सं. १९६८ सालदेखि यहाँ बडाहाकिम रही गोश्वारा प्रशासन चलाउने व्यवस्था भयो । 'केही प्रदेश पश्चिम भोजपुरका र केही प्रदेश पूर्व ओखलढुङ्गाका मिलाएर यस जिल्लालाई पूर्णाङ्क पारिएको हो ।२३ गोश्वाराको स्थापना भएपछि जिल्ला विभाजन हुँदा हलेसी, रावा, खाम्तेल, मझुवा ओखलढुङ्गाको र चुइचुम्मा, रतन्छा, दिप्सुङ थुमहरू भोजपुर गोश्वाराको प्रशासनिक क्षेत्र पर्दथ्यो ।२४ २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा उक्त क्षेत्रहरू ओखलढुङ्गा र भोजपुरबाट छुट्टिएर खोटाङ जिल्लाका रूपमा स्थापित भएको हो । हाल यसको सदरमुकाम दिक्तेल हो ।
शैक्षिक जागरण एवम् विकास
खोटाङमा शिक्षा लिनेदिने परिपाटीको थालनी ठयाक्कै यही बेलादेखि भएको हो भन्न सकिँदैन । केही ऐतिहासिक तथ्यका आधारमा इशाको सोह्रौं शताब्दीतिरदेखि यस जिल्लामा शैक्षिक जागरणको थालनी भएको तथ्य चौदण्डी राज्यअन्तर्गत हालको खोटाङ जिल्ला रहेकाले अड्कल गर्न सकिन्छ । इ.सं. १७६९ मा सेनवंशी 'राजा कर्णसेनका प्रमुख कर्मचारी स्वरूपसिंह कार्की र खार्पाका धनाढय ब्राह्मण हरिनन्दन उपाध्याय पोख्य्राल'२ ले नुवाकोट गई पृथ्वीनारायण शाह सामु आश्रय लिएको देखिन्छ । कर्णसेनका मुख्य कर्मचारी स्वरूपसिंह कार्की र हरिनन्दन उपाध्यक्ष पोखरेल दुवै पढेलेखेका व्यक्ति थिए । गोर्खाली सेनाहरूको २५ अगस्ट १७७२ मा कोसी नदी पार गरी फेब्रुअरी १७७३ मा माझकिरातका सम्पूर्ण भू-भाग नेपाल अधिराज्यमा गाभे । पृथ्वीनारायण शाह स्वयम् विद्वान् थिए । त्यसैले तत्कालीन आफ्नो राज्यमा केही शैक्षिक वातावरण तयार गरे नै ।
जिल्लाको आफ्नो छुट्टै अस्तित्व नरहेको बखत रावा खार्पामा वि.सं. १९९१ मा खोलिएको एक भाषा पाठशाला थियो । यो क्षेत्र त्यसबखत ओखलढुङ्गा जिल्लाअर्न्तर्गत पर्दथ्यो । 'रेवतीरमण पोखरेलको प्रयासबाट वि.सं. १९९१ साल शुक्ल रामनवमीको दिन२६ यस भाषा पाठशालाको स्थापना भएको थियो । वर्तमान खोटाङ जिल्लाअर्न्तर्गत यो स्कुल नै खोटाङको पहिलो विद्यापीठ हो । 'भाषा पाठशालामा सामान्य अक्षर लेखपढ गर्न सक्ने, गणितको जोड, घटाउ, गुणन, भाग गर्नसक्ने बनाउने लक्ष्य राखिए तापनि राम्रा विद्यार्थीलाई संस्कृत विषयमा राम्रो शिक्षा दिइन्थ्यो । अनौपचारिक रूपमै भए पनि संस्कृतिको ..... तहसम्मको शिक्षा त्यहाँ दिइन्थ्यो ।'२७ वर्तमान खोटाङ जिल्लाअर्न्तर्गतका सम्पूर्ण भू-भागमा बसोबास गर्ने खोटाङका जनताहरू शिक्षाको उज्यालो किरणबाट वञ्चित थिए । त्यसबेला सम्पन्न वर्गका ब्राह्मण परिवारका केही व्यक्तिहरू बनारस -काशी) र बालागुरु षडानन्दले खोलेको भोजपुर दिङ्लाका संस्कृत पाठशालामा शिक्षा लिन जाने गर्दथे तर षडानन्दको संस्कृत पाठशालामा ब्रँह्मणभन्दा अन्यजातका मान्छेलाई पढ्न वर्जित थियो । राई, गुरुङ, मगर, तामाङ, क्षेत्री आदि जनजातिका पुरष जवानहरू लाहुर जाने उतै -लाहुरमै) केही लेखपढ गर्नै अनि लाहुरे र सम्पन्न वर्गका छोराछोरीहरू दार्जीलिङ, देहरादुन आदि ठाउँमा लगी शिक्षा लिन लगाउने गरिन्थ्यो । पछि सयमसँगसँगै शिक्षाको अपरिहार्य आवश्यकताको बोध भयो । त्यसपछि जिल्लाका विभिन्न ठाउँहरूमा विद्यालय खोलिन थाल्यो ।
खार्पामा 'शिक्षातर्फ२००९ साल वैशाख ६ गते मिडिल स्कुलको स्वीकृति भयो । यो मिडिल स्कुल नै २०२७ सालमा कक्षा ९ र १० स्वीकृत प्राप्त हालको शारदा मावि हो । उता, बुइपामा वि.सं. २०१३ साल भदौ १ गते प्रइमरी स्कुलको स्थापना भयो । त्यही प्रावि २०१५ सालमा मिडिल स्कुलमा परिवर्तन भयो र यसलाई २०१९ साल वैशाख २९ गते माविको स्वीकृति लिई २०२० सालमा पहिलो प्रवेशिका परीक्षामा चम्पावती मावि बुइपालाई समावेश गराइयो । यो मावि नै खोटाङको पहिलो हाइस्कुल हो ।'२८ यस माविले जिल्लाका विद्यार्थीलाई प्रवेशिका उतिर्ण गराउने पहिलो फलामे ढोका खोल्यो । हाल आएर 'खोटाङ जिल्लामा २४८ प्रावि, ५५ निवावि, ६१ मावि, ११ उच्चमावि र दूई क्याम्पस शैक्षिक संस्था छन् ।'२९ खोटाङमा स्थापित एक मात्र 'दिक्तेल बहुमुखी क्याम्पसको स्थापना २०३७ सालमा भएपछि अहिले खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका विद्यार्थीले यस क्याम्पसमा आई उच्च शिक्षा हासिल गर्ने गर्छन् । यस क्याम्पसमा २०३७-२०४१ सम्म मानविकीशास्त्र सङ्कायअर्न्तर्गत प्रमाणपत्र तह, २०४२ देखि मानविकिसम्म सङ्कायअर्न्तर्गत स्नातक तह, २०४७ देखि व्यवस्थापन सङ्कायतर्फप्रमाणपत्र तह र २०५२ पछि शिक्षाशास्त्र सङ्कायअर्न्तर्गत तीन र एकवर्ष बीएड र दस जोड दुईका कक्षाहरू सञ्चालित छन् ।'३० हाल यो क्याम्पस खोटाङे साहित्यको उर्वरस्थल बनेको छ । यस क्याम्पसमा बेलाबेलामा विविध साहित्यिक कार्यक्रम हुनका साथै २०३८ सालदेखि नै 'नयाँकदम' नामक क्याम्पसको मुखपत्र प्रकाशित हुँदै आएको छ । यस क्याम्पसमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूका साहित्यिक लेख-रचनाहरू यस पत्रिमा प्रकाशित छन् । यसका साथै स्नातक तहको नेपाली विषयको प्रयोजनका लागि अनिवार्य सिर्जनात्मक लेखन राखेकाले क्याम्पसको वातावरण नै साहित्यिक बन्न पुगेको छ ।
यसरी जिल्लाको शैक्षिक जागरण र विकासले खोटाङे साहित्यलाई उर्वर बनाउने काम गरेको छ ।
खोटाङको लेख्य साहित्यिक र्सवेक्षण
खोटाङे लेख्य साहित्यको र्सवेक्षण गर्दा जिल्लामै जन्मी यहीं भूमिमा रहेर साहित्य सिर्जना गर्ने, खोटाङमा जन्मी देशका अन्य भू-भागमा रही साहित्य सिर्जना गर्ने र देशका अन्य भू-भागमा जन्मी खोटाङमा आएर साहित्य रचना गर्ने साहित्यकार मान्नुपर्ने हुन्छ । त्यसैले माथि प्रस्तुत गरिएकै सीमाङ्कनको आधारमा खोटाङे लेख्य साहित्यको र्सवेक्षण गरिएको छ ।
खोटाङमै जन्मी साहित्य रचना गर्ने खोटाङे साहित्यकारहरू
खोटाङमै जन्मी, हुर्की यहीं साहित्य सिर्जना गर्ने खोटाङका पुराना ऐतिहासिक कवि हुन् रावालामीडाँडाका खरदार रङ्गलाल उपाध्याय भट्टराई -वि.सं.१८५०-१९२८) । उनले 'दिउँसो घाममा बसेर रसिला मनोरञ्जनात्मक फुटकर कविताहरू लेख्ने गर्थे ।' ३१ हाल उनको एउटा मात्र कवितांश प्राप्त छ । त्यस्तै खोटाङ पुराना गाउँका छविलाल अधिकारी -१८९९-१९६०) खोटाङका दोस्रा कवि हुन् । हाल उनको 'सज्जन-दुर्जन चेष्टा' शीर्षकको कविता मात्र प्राप्त छ । उनको 'गोपी गीत' नामक कृति प्रकाशित भएको चर्चा पाइए तापनि हाल उपलब्ध हुन सकेको छैन । त्यस्तै खार्पाका कवि जीवनाथ पोखरेल -१९००...) का कविता, दोर्पा चिउरीडाँडाका कवि गन्जलाल खनाल -१९२५-२०००) का करिब दुई सय श्लोकका २०५९ मा प्रकाशित कविता र 'लोकमन्जरी' मा प्रकाशित केही कविता, साथै खुटा खाल्लेका कवि बद्रीनाथ आचार्य -१९३०-२०००) का कविता, महेश्वरी रिप्दुङका कवि राजवीर राई थुलुङ -१९४२....) का करिब १५० पङ्तिका कविता बाम्राङका मेघबहादुर थापा आदि आधुनिककाल पूर्वका कविहरूका कविता छिटपुट प्राप्त छन् ।
खोटाङे साहित्यमा आधुनिकताको थालनी गर्ने कवि हुन् खोटाङ पुराना गाउँका कवि जयदेव अधिकारी -१९६३-२०४४) । उनको दार्शनिक तरङ्ग २०२९ मा प्रकाशित तर हाल अप्राप्य छ । त्यस्तै मार्से बतासेको मोहनप्रसाद रेग्मी -१९७४-२००५) का 'मोहनगीता' -२०५५), रावालामीडाँडाका देवीप्रसाद भट्टराई -१९७६-२०४२) का 'पशु बलि नगरौं' र  'शिक्षितमा परार्थना' -२०१५ 'आश्वत्थ व्रतप्रतिष्ठा पुरुषोत्तम् पूजा विधि' -२०३६ प्रकाशित कृतिहरू छन् भने उनकै 'व्यावहारिक ज्योतिष' अप्रकाशित छ । यस्तै खोटाङ साहित्यमा कलम चलाउने खोटाङका आधुनिक साहित्यकारहरूमा कतिका कृतिहरू पुस्तकाकार रूपमा प्रकाशित भइसकेका छन् भने कत्तिका लेख-रचनाहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन् । पुस्तकाकाकार रूपमा कृति प्रकाशित भएका खोटाङ साहित्यकारहरू हुन् जसराज किराती बुइपा, विष्णु 'आभूषण' छोरम्बु, केशव कार्की 'आस्था' छितापोखरी, रामविक्रम थापा बाम्राङ, पाँचकुमार दुमी राई बाक्सिला, धनप्रसाद सुवेदी 'श्रमिक', भोगेन एक्ले नेर्पा, चमा थुलुङ बुइपा, महेश किराती, बाल आवारा दुर्छिम, नरेन्द्र 'निर्विकार', गोकुल परियार सिम्पानी, चन्द्र दुमी राई बाक्सिला, मालिकराम राई 'वियोगी' सोल्मा, जगत 'नवोदित' लफयाङ, रमेशचन्द्र राई बुइपा, रुद्र चाम्लिङ खार्पा, बिमला केयरलेस छोरम्बु आदि छन् भने खोटाङे साहित्यमा सशक्त रूपमा कलम चलाए तापनि फुटकर कृतिहरूमा मात्र सीमित रहन पुगेका खोटाङका साहित्यकारहरू हुन् काशी राई सिम्पानी कसेरी, हिराधन राई बुइपा, एमसी राई 'सुमित' नुनथला, टङ्क भट्टराई खाल्ले, हिमालक्ष्मी थापा, बाम्राङ, खगेन्द्र राई 'प्यासी' बुइपा, भवप्रसाद बास्तोला लफयाङ, मेम्बर राई बुइपा, किसनचन्द्र राई बुइपा, कृष्ण आचार्य दिक्तेल, बम थुलुङ बुइपा, राजमणि राई दिक्तेल, बम बानियाँ पाथेका, चित्रकुमार सुवेदी 'अशिक्षित' नेर्पा, रुद्रप्रसाद सुवेदी नेर्पा, नारायण ढकाल रतन्छा र इश्वर लम्साल, तेजना सैंजु दिक्तेल, रेखा राई 'क्षितिज' बुइपा -दोर्पा), यादेवी ढकाल नेर्पा, गोविन्द्रप्रसाद आचार्य 'विसाचा' दिक्तेल, यम बास्तोला लफयाङ, वेदीकुमार राई नेर्पा, धनराज राई बुइपा, धु्रवराज राई नेर्पा, शम्भु राई, बद्री भिखारी दिक्तेल, श्रीराम राई, चक्र मोक्तान नुनथला, नवीन राई खाल्ले, जीवन राई 'ज्वाला' नुनथला, नवीन 'सङ्र्घर्ष नुनथला, मनिता 'लोचन' खिदिमा, झमप्रसाद आचार्य दिक्तेल, राजकुमार रम्तेल, मनकुमार राई -दिक्तेल), भगत राई लफयाङ, केशव फुयाल, दिलकुमार खड्का नेर्पा आदि ।
खोटाङमा जन्मी अन्यत्र गई साहित्य सिर्जना गर्ने साहित्यकारहरू
खोटाङे लेख्य साहित्यको चर्चा गर्दा खोटाङभित्रै रही साहित्य सिर्जना गर्ने साहित्यकारहरूले झैं खोटाङबाहिर रहेर नेपाली साहित्यका क्षेत्रमा कलम चलाउने साहित्यकारहरूले महत्वपूर्ण कृतिहरू सिर्जना गरेका छन् । जसमा रावालामीडाँडाका पशुपत्रि्रसाद भट्टर्राई -काठमाडौं गुहयेश्वरी) शरदकुमार भट्टर्राई -काठमाडौं महानगरपालिका), खार्पाका कृष्णचन्द्र पोखरेल -विराटनगर), खार्पाका तेजप्रसाद उपाध्याय -काठमाडौं अनामनगर), श्यामकुमार अधिकारी 'हिडपाली साहिँलो -विराटनगर), रावालामीडाँडाका राधेश्याम भट्टर्राई -काठमाडौं अनामनगर) डा. माधव भट्टर्राई -भक्तपुर, मध्यपुर नगरपालिका-१४), बाक्सिलाका कवि तोया गुरुङ -काठमाडौं याम्खाका डा. हर्रि्रसाद शर्मा -काठमाडौं), खाल्लेका दाहाल यज्ञनिधि -अनामनगर काठमाडौं), कुभिन्डेका कवि प्रह्लाद पोखरेल -काठमाडौं-१६, बौद्ध रामहिटी) दोर्पा चिउरीडाँडाका 'खखेरा' -सुनसरी इनरुवा), बुइपा खिरीका जीवराज घिमिरे -काठमाडौं, कोटेश्वर) चिप्रिङका साहित्यकार डा. विष्णु र्राई -काठमाडौं बुद्धनगर), चिप्रिङकै रामकृष्ण र्राई -बेल्टार/कोसीटप्पु), मार्से बतासेका नगेन्द्रराज रेग्मी -काठमाडौं), चिसापानीका अशोक 'अविरल' र्राई -उदयपुर बसाहा, काठमाडौं), चिसापानी-८, का ज्ञानेन्द्र 'विवश' -काठमाडौं), शिवकुमार र्राई -काठमाडौं), आलपाका राम 'क्षितिज' -काठमाडौं), बुइपाका उत्तरकुमार र्राई र सुरेशचन्द्र राई -काठमाडौं), दूर्छिमका बाल आवारा -काठमाडौं), दूर्छिमकै महेश किराती -काठमाडौं), बुइपाका रक्ष राई -धरान-१९, चौकीबारी), एंसेलुर्खर्ककका मोहन विरही -सुनसरी इनरुवा), खार्पाकी र्सर्मिला पोखरेल -सप्तरी रूपनगर-५), खार्पाका बलराम पोखरेल -सप्तरी, रूपनगर-५), निर्मलीडाँडाका मदन राई लामाखुले -काठमाडौं महनगरपालिका-९, बत्तीसपुतली), नुनथलाका टीका थाम्लिङ -काठमाडौं) हौंचुरका गणेश घिमिरे 'मार्मिक' -झापा धरमपुर), कुभिन्डेका सुरेश हाँचेकाली -सुनसरी), बुइपाका देवविक्रम राई -काठमाडौं) दिक्तेलका ध्रुव बजिमय -काठमाडौं) बुइपाको मनोजबाबु श्रेष्ठ -काठमाडौं), खोटाङबजारका पर्वत शृङ्खला, खोटाङकै बबिता बस्नेत, रमेश रोका, वीरेन्द्र राई, मार्से बतासेकी कल्पना प्रधान -भोजपुर/काठमाडौं/विरानगर), दुर्छिमका भोगीराज चाम्लिङ, दीपेन्द्र दीनदुःखी, तिलक चाम्लिङ -काठमाडौं), दुर्छिमकै विक्रम चेतनशील राई -कतार) आदि ।
खोटाङबाहिर जन्मिएर खोटाङमा आई साहित्य सिर्जना गर्ने साहित्यकारहरू
खोटाङ जिल्लाबाहिर जन्मिएर खोटाङमा आई साहित्य सिर्जना गर्ने साहित्यकर्मीहरूले खोटाङे साहित्यलाई गति दिने महत्वपर्ूण्ा काम गरेका छन् । यस्ता साहित्यकारहरूमा प्राथमिककालीन कवि उदयानन्द अर्याललाई पहिलो कविका रूपमा लिन सकिन्छ । 'विश्वेश्वरका छोरा उदयानन्द हुन् । उनका बाल्यजीवनका बारेमा त्यति विवरण जान्न सकिएको छैन'३२ भनिए तापनि उनी बिर्तावाल बाबुका छोरा थिए । सन् १९७१ मा इस्टइन्डिया कम्पनी सरकारसँग नेपालको युद्ध भयो । यस युद्धमा रूपैठाका नेपाली पल्नटसँग सामेल भएर लडाइँ लड्न भन्ने नेपाल सरकारको आदेश उदयानन्द अर्याललाई थियो । युद्धमा सप्तरीमा 'अङ्ग्रेजी पल्टनले डाँक हान्दा पं. उदयानन्दका बैडवा बिर्ताको घर पनि लुटियो ।'३३ उदयानन्दले आफ्नो जनहान परिवार पहाडको सुरक्षित ठाउँ खोटाङको खुटा बिर्तामा लगेर राखे । त्यही बसेर उनले कविता लेख्न थाले । '१८७२ को असारमा प्रसिद्ध बेताल पचिसी -खण्डकाव्य) को रचना गरे ।'३४ यसरी नै खोटाङबाहिर जन्मी खोटाङमा आई नेपाली साहित्यमा कलम चलाउने अन्य साहित्यकारहरू हुन्- परशु प्रधान -भोजपुर), जीतमान राई, कृष्ण आठपहरिया -धनकुटा, पाख्रिबास), सावित्री पोखरेल -धरान) आदि ।
यी खोटाङबहिरका साहित्यकारहरूमा परशु प्रधान र कृष्ण आठपहरियाले खोटाङे साहित्यको उत्थानमा विशेष योगदान दिएको देखिन्छ भने सावित्री पोखरेल खोटाङकै साहित्यिक प्रतिभामा दरिन आएकी छिन् ।
खोटाङको लेख्य साहित्यको र्सवेक्षणका क्रममा जे जति साहित्यकारहरू छन् तिनीहरूले आ-आफ्नो क्षेत्र र विधाबाट नेपाली साहित्यको भण्डार गर्दै अमूल्य योगदान दिँदै आएको देखिन्छ ।

 

नामाकरण
नेपालका प्रायःजसो जिल्लाहरूको नाम पौराणिक, ऐतिहासिक घटना, जातीय विशेषता, प्रसिद्ध तीर्थस्थल, थुम, गढी आदिसँग जोडेर राखिएको पाइन्छ । खोटाङ जिल्लाको नामाकरणका सम्बन्धमा धेरै भनाइ प्रचलित छन् । जसमध्ये एउटा भनाइअनुसार 'पहिले यो भू-भाग किराती खोट' राजाद्वारा शासित कोटका रूपमा रहेकाले उनको नामबाट अप्रभंस भई 'खोटाङकोट' को नामले पुकारियो ।१ यो थुमको खुटा भन्ने ठाउँमा प्रसस्त खोटे सल्लाहरू पाइने र खोटो जम्मा हुने भएकाले यसको नाम खुटा रहन गएको कुरा यहाँका बूढापाकाहरूको अनुमान छ । यस ठाउँमा 'खोटे' वा 'खुटा' भन्ने किराती राजाले राज्य गरेकाले यस थुमको नाम खोटाङ रहन गएको हो भन्ने मान्यता रहेको छ । यसका अतिरिक्त चाम्लिङ राईहरूको भाषामा 'खाटा' को अर्थ 'गयो' र 'हाङ' को अर्थ 'राजा' भन्ने हुन्छ । यहाँका चाम्लिङ राईहरू 'हाम्रा राजा पराजित भएर गए' भन्ने अर्थमा खाटा‍‍‌‌‍‍‍‍‌‍‍‍+हाङ हुँदै खोटाङ भएको हुनसक्ने अनुमान छ ।'२ त्यस्तै 'खोटे' राजाले राज्य गरेको हुनाले 'खोटेछाप'बाट अप्रभ्रंस हुँदै यस ठाउँको नाम खोटाङ रहन गएको हो ।'३ 'माझकिरात वा खुम्बुवान'का रूपमा चिनिने खोटाङ यातायातको दृष्टिले अति दूर्गम पहाडी जिल्लामध्ये एक हो । 'पहिले यो भू-भाग किराँती राजा 'खोटे'द्वारा शासित कोटका रूपमा थियो र उनकै नामबाट 'खोटाङकोट' हुँदै 'खोटाङ' को नामले पुकारिन थालियो भन्ने किम्वदन्ती पाइन्छ ।'४ 'चुम्लुङ, दिप्लुङ, धिप्लुङ र चिप्रिङजस्ता नाम शब्दको अन्त्यमा 'ङ' आउने ठाउँहरू खोटाङमा प्रशस्त भएकाले खोटाङ पनि ती ठाउँहरूकै नाम जनाउने शब्दको समकक्षी शब्द हो जस्तो देखिन्छ र र्राई भाषिकाहरूको लवजसँग मिल्दोजस्तो पनि देखिन्छ ।'५
जेहोस् खोटाङ जिल्लाको नामाकरणका सम्बन्धमा अनेक किम्वदन्ती वा भनाइहरू प्रचलित भए तापनि 'खोटाङ' नामका सम्बन्धमा चाम्लिङ राईहरूको मातृभाषाका प्रभावका साथसाथै 'खोटेहाङ' नाम गरको राजाको परापूर्वकालमा शासन गरेको र त्यही राजाको नामबाट यस जिल्लाको नाम 'खोटाङ' रहन गएको कुरा बढी विश्वासिलो मान्न सकिन्छ ।
 
  Today, there have been 1 visitors (2 hits) on this page!  
 
Thanks to everybody to visit my page This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free